May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

बारामा बालिका करणी गरी हत्या गर्ने र दशी मेटाउने आमा छोरा पक्राउ

बारा, बारामा बालिकालाई जबर्जस्ती करणी गरि हत्या गर्ने अभियुक्त र दसी मेटाउने प्रयास गर्ने दुई जना अभियुक्त पक्राउ परेको छ । बाराको आदर्शकोतवाल गाउँपालिका- ८ को बिन्देश्वर साह कानुको छोरा संतोष साह कानु र शान्ती देवीलाई बारा प्रहरीले आइतबार प्रकाउ गरेको हो ।

पक्राउ परेका दुईजना आमा छोरा हुन । सोही पालिकाको वडा नम्बर ७ निवासी रुपमाला कुमारी साहलाई करणी गरि हत्या गरेको र दशी मेटाउने प्रयास गरेको आरोपमा २० वर्षिय छोरा र ४० वर्षिय शान्ती देविलाई नियन्त्रणमा लिइएको हो ।

यसअघि दिउँसो घरबाट बाख्रा लिई चराउन गएकी आदर्श कोतवाल गाउँपालिका वडा नं.७ कोतवाली टोल बस्ने मोतिलाल साह कानुको छोरी ९ बर्षिया रुपमाला हराई बेपत्ता भएकी थिइन । ररुपमाला गत पुष २७ गते दिउँसो १२:३० बजे जमुनी खोलामा मृत अवस्थामा फेला परेपछि बारा प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको थियो ।

मृतकको लास फेला परेको सूचना प्राप्त हुनसाथ तत्काल जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक राजेश थापा तथा अनुसन्धान अधिकृत समेतको टोली घटनास्थलमा गई घटनास्थलको अवलोकन गर्दा नाबालिकाको घाटी कसी टाउँको समेतमा प्रहार गरी
हत्या गरेको पाइएको हो । सोपश्चात् कुकुर सहितको विशेषज्ञ प्रहरी टोली झिकाई घटनास्थलको सुक्ष्म अवलोकन गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हाल उनीहरुलाई पक्राउ गरी ज्यान सम्बन्धी कसूरमा बारा जिल्ला अदालतबाट पहिलो पटक पाँच दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको