April 19, 2024, Friday
२०८१ बैशाख ७, शुक्रबार

ललितानिवास प्रकरण: ३०० भन्दा बढीलाई पक्राउ पूर्जी जारी

काठमाडौं, केन्द्रीय अनुसन्धान ब्युरोले बालुवाटार जग्गा घोटाला प्रकरणमा अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको छ । सो अनुसन्धान सकिनै लाग्दा तीन सय जनाभन्दा बढीलाई पक्राउ पूर्जी जारी भएको छ ।

ब्युरोका निर्देशक धिरजप्रताप सिंहका अनुसार पक्राउ पूर्जी जारी भएकाहरू ‘हाइप्रोफाइल’ व्यक्ति छन् । जसमा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री तथा कांग्रेस नेता विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त दीपकुमार बस्न्यात, भूमिसुधार मन्त्रालयका तत्कालीन छविराज पन्त, दिनेशहरि अधिकारी, पूर्वसचिव नारायणगोपाल मलेगोलगायत छन् ।

उनले सञ्चारमाध्यमसँग भने, ‘तीन सय बढीको हकमा पक्राउ पूर्जी जारी भएको छ, उनीहरूलाई पक्राउ गर्न हामी लागिरहेका छौं । पक्राउ पूर्जी जारी भएकालाई सकेसम्म अनुसन्धान प्रतिवेदनसँगै अदालतमा पुर्‍याउने हाम्रो योजना छ ।’

बालुवाटार जग्गा प्रकरणमा बिचौलियाको आरोप लागेका शोभाकान्त ढकाल, रामकुमार सुवेदी र माधवी सुवेदीलाई प्रहरीले पक्राउ गरेको थियो । हाल उनीहरू अहिले थुनामा छन् ।

पक्राउ पूर्जी जारी भएकामध्ये अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त बस्न्यातविरूद्ध भ्रष्टाचार गरी कालोधन आर्जन गरेको अभियोगमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ । उनीसँगै छोरा कमल बस्नेत, ज्वाईँद्वय प्रज्जवल अधिकारी र मनोज सुवेदी अनुसन्धानमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको