January 18, 2022, Tuesday
२०७८ माघ ५, बुधबार

प्रहरीको लिखित परीक्षामा दुईजना नक्कली परिक्षार्थी पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं, सशस्त्र प्रहरी जवान पदको खुल्ला प्रतियोगिताको लिखित परीक्षामा अर्कैको नाममा परीक्षा दिँदै गरेका दुईजना नक्कली परिक्षार्थी पक्राउ परेका छन् ।बाग्लुङको ढोरपाटन नगरपालिका-६ बस्ने १८ वर्षीय निल कुमार अदै र  धनकुटा जिल्लाको सहिदभूमि गाउँपालिका ५ बस्ने २७ वर्षीय सौहार्द राई शनिबार पक्राउ परेका हुन् ।

प्रहरी स्रोतका अनुसार सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४ मुक्तिनाथ बाहिनी पोखराबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर ३१७१५ का सुनिल पुन मगरको स्थानमा अदै र सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बाहिनी पकलीबाट दरखास्त फाराम बुझाएका दर्ता नम्बर १४४२० का योगेन्द्र राईको स्थानमा नक्कली उम्मेदवार बनी परीक्षा दिन खोज्ने गर्दा सौहार्द राईले परीक्षा दिने प्रयास गरेका थिए ।

हालै प्रकाशित विज्ञापन अनुसार खुल्ला प्रतियोगितद्वारा पदपूर्ति साधारण समूह साधारण उपसमूहतर्फ सशस्त्र प्रहरी जवान पदकोे लिखित परीक्षामा सशस्त्र प्रहरी बलको तर्फबाट ‘थम्ब रिडर बायोमेटिक डिभाईस’ प्रयोग गरी परीक्षार्थीहरुको एकिन गर्ने क्रममा नक्कली परीक्षार्थी
प्रमाणित भएको हो ।

सशस्त्र प्रहरीका निरीक्षक शैलेस थापाले जारी गरेको विज्ञप्तिमा अनुसार दुवै जनालाई आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीलाई बुझाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको