नयाँ बसपार्क बलात्कार प्रकरण: ९ अभियुक्त सार्वजनिक

काठमाडौं, उपत्यकाको नयाँ बसपार्कमा एक महिलामाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले ९ जनालाई बुधबार सार्वजनिक गरेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पक्राउ पर्नेमा मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर १० झाकोटका २३ वर्षीय हिक्मत नेपाली, २२ वर्षीय रतन नेपाली, १९ वर्षीय दीपक नेपाली, २३ वर्षीय शिवहरि बुढा, २४ वर्षीय युवराज बडुवाल, २५ वर्षीय हस्त नेपाली, छायानाथ रारा नगरपालिका वडा नम्बर ६ का २१ वर्षीय सुरेश सेजुवाल, छायानाथ राजा नगरपालिका-११ का २४ वर्षीय चन्द्र साउद र कपिलवस्तु बुद्धभूमिका गोपालकुमार शिरीष रहेका छन् । पक्राउ परेकाहरु सबै रोजगारीका लागि विदेश जाने तयारीमा थिए ।
यसअघि यहीँ पुस १२ गते सुर्खेतबाट काम खोज्न काठमाडौं आएकी ३४ वर्षीया महिलालाई त्यही दिन र भोलिपल्ट गरि भिन्नभिन्न गेस्ट हाउसमा ९ जनाले सामूहिक बलात्कार गरेको उजुरी परेको थियो ।
हाल महिलाको शारीरिक तथा मानसिक स्वास्थ्य परीक्षण गरी घटनाको अनुसन्धान थालिएको र ती महिलाको अवस्था अहिले सामान्य रहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्