
बिरगंज, पर्सा जिल्ला अदालतले मिति २०६८/०८/१६ गते, अपहरण तथा शरीर बन्धक मुद्दामा रु ५० हजारसहित ९ बर्ष कैद तोकिएको प्रतिवादी फरार भएको थियो । पर्सा पटेर्वा सुगौली गाउँपालिका वडा नं. ४ निवासी धुरई सहनिको ३८ वर्षिया छोरा हुन जो अहिले ८ बर्षपछि पचास के.जि. लागू औषध गाजाँको मुद्दामासमेत संलग्न रहेका छन ।
सहनिलाई पर्सा कार्यलयबाट खटिएका प्रहरी टोलिले हिजो मंगलबार बिरगंज महानगरपालिका वडा नं. १६ ईनर्वा भन्सारबाट फेला पारी नियन्त्रणमा लिइएका छन र उक्त फरार प्रतिवादीलाई कानुनबमोजिम आवश्यक कारबाही भइरहेको छ ।







