
गाेंगबु हत्याकाण्ड, गाेंगबुमा आइतबार सुटकेशमा शव फेला परेका दाङ्का कृष्ण बहादुर बोहरालाई अण्डकोषमा हानी हत्या गरेको खुलेको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गरेर बोहोराको हत्यामा संलग्न भएको आरोपमा पक्राउ परेकी कल्पना मुडभरी पौडेललाई सार्वजनिक गरेका छन । पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपीले कल्पना र कृष्णबहादुरबीच तीन-चार वर्षअघि फेसबुकबाट चिनजान भएको जानकारी दिएका छन ।
‘पछि कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट बनाएर महिलाका निर्वस्त्र तस्बिरहरू राख्न थालेको उनले बताएकी छन्,’ एसएसपीले भने, ‘केही दिनअघि उनले कृष्णबहादुरलाई रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी छन्।’
सुटकेशमा शव भेटिएपछि प्रहरीले अपरेशन जो जो नाम दिएर उक्त घटनाको अनुसन्धान थालेको थियो । जो जो कुकुर हो । उसले शवको टाउको खुट्टा फेला पारेको थियो।
महाशाखाका एसएसपी दीपक थापाका अनुसार हत्यापछि शव व्यवस्थापन गर्न आरोपिले
टाउको र खुट्टा काटेकी थिइन् । सेतोपाटी सभार





