
धनुषा, धनुषामा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । सबैला नगरपालिका–३ का ३५ वर्षीय लालबाबु साफी हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार उनीफीमाथि ३० वर्षीया श्रीमती अजमेरी खातुनको हत्या गरेको आरोप छ । लालबाबुले अजमेरीको घाँटी थिचेर हत्या गरेको उनका बुबा मोहम्मद आलमको आरोप छ ।
यहीँ कात्तिक ८ गते राति अजमेरी घरमा मृत फेला परेकी थिइन् । आलमले छोरीको हत्या लालबाबुले गरेको किटानी जाहेरी दिएपछि उनलाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय सबैलाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए । लालबाबुलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको उनले बताए ।







