
विराटनगर, नेपाल-भारत सीमा क्षेत्र विराटनगर रानीबाट मंगलबार प्रहरीले मानव खप्पर र हड्डी बरामद गरेको छ । भारतबाट नेपालतर्फ आइरहेको भ्यानबाट २८ वटा मानव खप्पर र हातखुट्टाका १० वटा हड्डी बरामद भएकाे हाे ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ कंकालनी गणका गणपति तीर्थ पौडेलका अनुसार सशस्त्र प्रहरी टोलीले
रानीस्थित ढाटनजिक को२च ९६४८ नम्बरको भ्यान बेवारिस अवस्थामा शंकास्पद पाइएकोले जाँच गर्दा मानव खप्पर र हड्डी फेला परेको हो ।
यसैगरी बरामद भएका खप्परलाई बटुका जस्तो आकार बनाइएको छ । उनका अनुसार थप कारबाहीका लागि ती खप्पर, हड्डी र भ्यान इलाका प्रहरी रानीमा बुझाइएको छ ।
प्रहरीले उक्त भ्यानका चालक विराटनगर महानगरपालिका–१७ का विनोद राय र भेनमा रहेका झापाको दमक नगरपालिका–५ का ४३ वर्षीय युवराज कार्कीलाई नियन्त्रणमा लिएको छ । हाल उक्त समानको तस्करी भइरहेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।







