
काठमाडौँ, बलात्कारको अभियोगमा कालीकोटको खाँडाचक्र नगरपालिका–६ का वडाध्यक्ष जगदिश शाही पूर्पक्षका लागि जेल चलान भएका छन् ।
शुक्रबार जिल्ला अदालत कालीकोटले ५१ वर्षीय शाहीलाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला अदालतका श्रेस्तेदार दामोदर घिमिरेले जानकारी दिएका छन् । जबरजस्तीकरणी मुद्दामा प्रमाण बुझ्न समय लाग्ने भएकाले अदालतबाट पूर्ण फैसला नभएसम्म वडाध्यक्ष शाहीलाई कारागार चलान गरिएको घिमिरेले बताए ।
वडाध्यक्ष शाहीमाथि बहिनी नाता पर्ने १६ वर्षीया किशोरीमाथि पटकपटक बलात्कार गरेको आरोप लागेको थियो । वडाध्यक्ष शाहीले ती महिलालाई २०७४ सालमा आफ्नो घरमा लगी बलात्कार गरेको अनुसन्धानबाट खुलेको छ ।





