October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

चितवनमा गैंडा तस्करी: एकै परिवारका तीन आरोपीसहित आठ जना पक्राउ, ९ जना फरार

चितवन, चितवन राष्ट्रिय निकुञ्जले गैंडा मारेर तस्करी गरेको आरोपमा आठ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । गैंडा तस्करमा संलग्न १७ मध्ये ८ जनालाई पक्राउ परेका हुन् । अझै ९ जना फरार रहेका छन् ।

गैंडाको खाग तस्कर गरेको आरोपमा एकै घरका तीन जना पक्राउ परेका छन् भनेमकवानपुरको मनहरी गाउँपालिका–४, मसिने टोंग्राङ खोलाका ३० वर्षीय जयबहादुर प्रजा, ३६ वर्षीय सिंहराम प्रजा र सुरेश प्रजा रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार उनीहरुले गत साउन साउन ३२ देखि भदौ १० गतेसम्म गैंडा मारेर खाग बिक्री गरेका निकुञ्जको आरोप छ ।

पक्राउ पर्नेमा निकुञ्जले  नवलपुरको गैंडाकोट–१ का ३२ वर्षीय गोपाल सारु, धादिङको बेनिघाट रोराङ गाउँपालिका–१ बस्ने ३५ वर्षीय रामकुमार श्रेष्ठ, मकवानपुरको साविक सरीखेत गाउँपालिका ९ का २९ वर्षीय करण मोक्तान भन्ने करण प्रजा, मनहरी–४ नयाँबस्ती बस्ने २७ वर्षीय सरोज मुक्तान र चितवनको माडी नगरपालिका–७ देवेन्द्रपुरका यादव भन्ने राजन गुरुङ रहेका छन् ।

हाल उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा २ वटा मुद्धा दायर गरिएको निकुञ्जले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको