हाेटेलमा खाजा खान बाेलाएर बलात्कारको आराेप,३ महिला पक्राउ
बिरगंज , एक पुरुषलाई ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा घोराहीमा आइतबार तीन महिला पक्राउ परेका छन् ।
होटेलमा खाजा खान बोलाएर अन्तमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्ने तीन महिलालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
घोराहीका एक व्यवसायीबाट १ लाख नगद र १७ लाख चेक बुझेका घोराही १५ का ३२ वर्षीया सीतादेवी थापा, ३५ वर्षीया खुमा वली र ३२ वर्षीया सुष्मा परियारलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी सुरेशप्रसाद काफ्लेले बताए । उनीहरुले सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेको र अन्तमा १८ लाखमा कुरा मिलाएको अनुसन्धानबाट खुलेको उनले जानकारी दिए । ती महिलाबाट १७ लाखको चेक पनि बरामद भएको उनले बताए ।
उनीहरुलाई आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ । उनीहरु बिरुद्ध मुलुकी अपराध संहिता २०७४ को ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरको दफा २५३ को उपदफा १ र २ बमोजिम कसुर गरेको अभियोगमा मुद्दा दर्ता हुने जिल्ला प्रहरी प्रवक्ता डिएसपी मुकुन्दप्रसाद रिजालले बताए ।
उपदफा ३ ‘ख’ बमोजिम कसैको व्यवसायमा गैरकानुनी तरिकाले कुनै क्षति पुर्याउने वा चरित्रमा झुठो दोष लगाउने नियतले डरत्रास देखाई आपराधिक लाभ लिएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवानाको प्रावधान छ ।
लेखकको सम्वन्धमा