September 27, 2021, Monday
२०७८ आश्विन ११, सोमबार

सिन्धुपालचोकका तेन्जिङ लामासहित ७ जना जुवाडे पक्राउ

सांकेतिक तस्वीर

काठमाडौं, काठमाडौँमा तास खेलिरहेका ७ जना जुवाडेलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गोकर्णेश्वर नगरपालिका ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

शीर्ष समाचार

धेरै पढिएको