
पाल्पा, पाल्पामा १३ बर्षीया किशोरीलाई बलात्कार गर्ने एक युवक पक्राउ परेका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ , घर भई तानसेन नगरपालिका–४ मा कोठा लिएर बस्ने २३ वर्षीय मीनबहादुर सारुले सोही नगरपालिकाकी १३ बर्षीया किशोरी बलात्कार गरेका हुन् ।
पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार सारुलाई पक्राउ गरि जबरजस्ती करणीसम्बन्धी मुद्धा अदालतमा दर्ता गरिएको र थप अनुसन्धान भइरहेको छ ।







