क्वालालम्पुर ( मलेसिया ):= केही दिनअघिदेखि सामाजिक सञ्जालमा मलेसियामा घटेको घट्नाबारे एउटा भिडिओ विश्वब्यापी रुपमा भाइरल भएको थियो।
भिडिओमा मलेसियामा कार्यरत एक जना नेपाली सेक्युरिटी गार्डलाई कम्पनीको सुपरभाइजरलेनै ड्युटीमै रहेको बेला निर्मम तरिकाले कुटपिट गरिएको थियो। सामाजिक सञ्जालमा भिडिओ भाइरल भएपछि क्वालालम्पुरस्थित नेपाली दूतावास , मलेसियाको सेक्युरिटी संघठन पिआइकेयम ( pikm ),स्थानीय प्रहरी लगायतको अधिकारवादी संघसंस्थाले उक्त घटनाबारे अनुसन्धान थालेको थियो।
सोही घटनाको बिषयमा सोमबार दूतावासले विज्ञप्ति जारी गर्दै भिडियो भित्र कुट्ने र कुटिने दुबै जना नेपाली नागरिक भएको जनाएको छ। उक्त घटना ७ जुलाईमा क्वालालम्पुरस्थित एमथ्री मलमा भएको हो। कुट्ने व्यक्ति सुपरभाइजरको रूपमा काम गर्ने कपिलवस्तुका रामगोपाल नुराउ रहेको दूतावासले जारी गरेको सुचनामा उल्लेख गरेका छ्न। उनले सोही मलमा सेक्युरिटी गार्डको काम गर्ने इस्लाम हुसेनलाई कुटेको जनाइएको छ।
जनाइएको छ।

‘मलेसियाको अध्यागमन कानुनअनुसार पीडक र पीडित दुबै जना मलेसियामा अवैधानिक हैसियतमा रहेको देखिएको छ,’ दूतावासका अनुसार पीडक नुराउ आफैं मलेसियन प्रहरी सक्षम उपस्थित भएका छन्। अब उक्त घटनाबारे थप अनुसन्धान र कानुनी कारबाही मलेसियन प्रहरीलेनै गर्ने दूतावासले जनाएको छ।





