September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

राष्ट्रपति र प्रधानमन्त्री देउवाको फोटो इडिट गरी टिककट बनाउने पक्राउ

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाको फोटो इडिट गरी टिककट भिडियो बनाई सार्वजनिक गर्ने व्यक्ति पक्राउ परेको छ ।

प्रहरी प्रधान कार्यालयअन्तर्गतको साइबर ब्यूरोका अनुसार उक्त कार्यमा संलग्न रहेको आरोपमा झापाको मेचीनगर नगरपालिका–६ बस्ने सोमप्रसाद घिमिरेलाई प्रहरीले पक्राउ गरिएको हो ।

उनलाई विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ जिल्ला प्रहरी कार्यालय झापाको सहयोगमा पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

यसैगरी जिल्ला अदालतको आदेशले घिमिरेलाई ७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको