
दाङ, दाङमा जरायोको सिङसहित गए राति तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेम बबई गाउँपालिका–१, गंगटे २२ वर्षीय जीवन घर्ती, बबई–४, हापुरे ३९ वर्षीय ईन्द्रबहादुर केसी र सल्यान शारदा नगरपालिका–४, साइलाकम्दाका २२ वर्षीय बिनोद वली रहेका छन् ।
दाङ प्रहरीका अनुसार उनीहरूको साथबाट जरायोको दुई थान सिङ बरामद गरिएको छ । थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।






