October 16, 2021, Saturday
२०७८ आश्विन ३०, शनिबार

श्रोत नखुलेको ५ लाख र लागु पदार्थसहित बाँकेबाट दुई जना पक्राउ

नेपालगन्ज, नेपालगन्जमा लागुऔषध सहित दुई जना पक्राउ परेका छन् । बुधबार जिल्लाको नेपालगन्ज उपमहानगरपालिका-११ का ६१ वर्षीय गुन्नु कबडिया र १८ वर्षीय राहुल कबडियालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुधन न्यौपाने अनुसार लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा वडा प्रहरी कार्यालय नेपालगंज र लागु औषध नियन्त्रण व्युरो नेपालगंजबाट खटिएको प्रहरी टोलीले जिल्ला बाँकेले उनीहरु दुवै जनालाई अन्दाजी ०४:१५ बजेको समयमा नेपालगन्ज उपमहानगरपलिका ११ ठटेरियन टोल बाट पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट २ ग्राम १०० मि.ग्रा.ब्राउन सुगर र श्रोत नखुलेको नगद ५ लाख १५ हजार ५ सय रुपैयाँ बरामद गरिएको र निजहरुको साथमा रहेको २ थान मोवाईल सहित फेला पारी कानून बमोजिम बरामद गरी दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको