
महोत्तरी, गत जेठ १९ गतेदेखि बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका- ७ स्थित भ्रमरपुराकी २६ वर्षीया सुजिताको शव भेटिएको छ । महोत्तरी प्रहरीका अनुसार पेट्रोल पम्पको नजिकै शौचालयको हदबाट सुजिताको शव बरामद गरिएको हो ।
महोत्तरी जिल्ला भमरपुरा गाउँमा ससुराली रहेको सुजिता ठाकुरको हत्या जेठ २० गते भएको थियो । उनको शव २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र महोत्तरी प्रहरीको संयुक्तरुपमा उत्खनन गरि फेला पारेको हो ।
शव फेला परेको ठाउँबाट करिब एक किलोमिटरको दुरीमा रहेको खेतमा असार १३ गते उत्खनन गर्दा सुजिताले लगाएको लुगासहित शरिरका अवशेषहरु फेला फरेको थियो ।
उनको हत्यामा संलग्न रहेको आरोपमा देवर रूपेश ठाकुर र श्रीमान मुकेश ठाकुरलाई प्रहरीले पक्राउ गरेको छ । सुजिताको हत्याबारे उनकै ५ बर्षीय छोराले खुलाएपछि प्रहरीले खोज तलास शुरु गरेका थिए ।
महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार सुजिताको हत्याको आरोप लागेका सासु, ससुरा पतिराम र देवरानी रोमालाईसमेत पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान तथा खोजतलास भईरहेको प्रहरीले जनाएको छ ।







