September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

हत्या गरी फरार अभियुक्त ३ बर्ष पछि पक्राउ

तौलिहवा जिल्लामा हत्या गरी फरार रहेको अभियुक्तलाई ३ बर्ष पछि प्रहरीले पक्राउ गरेको छ । प्रहरीले कृष्णनगर नगरपालिका १० बिद्यानगरका ५५ बर्षिय पारश पुरीलाई गोली हानेर हत्या गरी फरार भएका पशुपति कुर्मीलाई पक्राउ गरेको हो । ०७५ चैत १७ गते घटना लगत्तै फरार रहदै आएका कुर्मी महाराजगंजको हदौनामा पक्राउ परेको प्रहरी उपरिक्षक दान बहादुर कार्कीले बताए ।


पक्राउ पर्नु अघि अभियुक्त कुर्मीले आफ्नो नाम लालबही, प्रेम कुमार भन्दै ढाकेका थिए । मृतक पारस पुरीले अभियुक्त कुर्मीका छोरा दिनेशलाई बिदेश पठाई दिन्छु भन्दै १ लाख १५ हजार रकम लिएका थिए।

बहराईन काम गर्न गएका अभियुक्तका छोराले भने अनुसार काम र पारिश्रमकि नपाए पछि पारस संग दिएको रकम पटक पटक फिर्ता मागेका थिए ।

पैसा फिर्ता नपाए पछि पशुपति सहीत ३ जनाले मिलेर कटुवा पेस्तोलले पारसको हत्या गरी बिस्फोटक पदार्थ पडकाएर मोटरसाईलमा भारत तर्फ भागेका थिए । पारसलाई मार्न भनी पुशपतिले ५ हजार बैना समेत दिएको खुलेको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

शीर्ष समाचार

धेरै पढिएको