September 20, 2021, Monday
२०७८ आश्विन ४, सोमबार

भिडियो खिचेकाे सामान्य विवादमै साथिकाे हत्या

कपिलबस्तुमा भिडियो खिचेको सामान्य विवाद हुँदा एक जनाको ज्यान गएको छ । जिल्लाको मायादेवी गाँउपालिका ४ पिपरा बस्ने बर्ष २३ को जाबेद मुसलमान र सोही स्थानका बद्दाम भन्ने ईस्तियाक अहमद मुसलमान बीच भिडियो खिचेको सामान्य विवाद भएको हो ।

सोही विषयलाई लिएर बद्दाम भन्ने ईस्तियाक अहमद मुसलमानले जाबेद मुसलमानको टाउकोमा काठको खटियाको पाटी (सिरई) ले हिर्काई सख्त घाईते बनाएका थिए । जाबेदको उपचारको क्रममा बुधबार भिम अस्पताल भैरहवामा मृत्यु भएको हो । घटनामा संलग्न प्रहरीले २ व्यक्तिहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

प्रहरीले घटनामा संग्लन मायादेवि गाँउपालिका वडा नं. ४ पिपराका २८ वर्षिय गफ्फार भन्ने सद्दाम अहमद मुसलमान र सोही स्थानका बद्दाम भन्ने ईस्तियाक अहमद मुसलमानलाई पक्राउ गरी आज सर्बजानिक गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको