October 20, 2021, Wednesday
२०७८ कार्तिक ३, बुधबार

सन्ताेषी सुब्बाले सहयाेग मागेपछि बलात्कारको याेजना बनाइ हत्यासम्म गर्न पुगे सुरेश

काठमाडौं असार १० । सन्ताेषी सुब्बाकाे हत्या गरेकाे आराेपमा सान्धुपालचाेक चाैताराका सुरेश तिमल्सिना पक्राउ परेकाे छ । युटुवमा भाइरल भएका सन्ताेषिकाे शव प्रहरीले दक्षिकालिमा रहेकाे बन्द शाैचालयबाट प्राप्त गरेका थिए ।

असार ५ गते २७ वर्षीया सन्तोषी सुब्बा फर्पिङ बजार पुगेकी थिइन्। त्यहाँ गएर उनी पद्मा सम्फभ गेष्ट हाउसमा बसेकी थिइन्। साेहि क्रममा चिया पसलमा गत असार ६ गते सुरेशसँग सन्ताेषीकाे भेट भएको हाे ।

प्रहरीका अनुसार सन्ताेषी सुब्बा फर्पिङ-दक्षिणकालीमा बेला बेलामा गैरहन्थिन। उनी विभिन्न चराकाे आवाज निकाल्ने भएकाेले जंगलमा जाने र घुम्ने उनको स्वभाव थियो। जंगलमा जाने र चराचुरूङ्गीकाे आवाज सुनेर सिक्ने गर्थिन् । त्यसैले दक्षिणकालिका‘स्थानीयहरूले उनलाई पटक-पटक फर्पिङ-दक्षिणकाली क्षेत्रमा देखेको बताएका छन्,। उनी पशुपन्छीको आवाज निकालेर सुनाउँथिने भएकै कारण युटुवमा भाइरल समेत बनेकि थिइन् ।

महाशाखाका प्रहरी उपरीक्षक कृष्ण पंगेनीका अनुसार ६ गते बिहान करिब ११ बजे उनी सो गेष्ट हाउसबाट निस्किइन्। केही टाढा रहेको एउटा चिया-नास्ता पसलमा पुगिन्। जहाँ २९ वर्षीय सुरेश तिमल्सिना मदिरा पिउँदै थिए सन्तोषीले खाजा मागिन्, खाइन्। ‘देख्नेहरूले र त्यो चिया-नास्ता पसलका साहुजीले मध्याह्न १२ बजे उनी त्यहाँ पुगेको बताएका छन् ।

त्यही क्रममा तिमल्सिना र सन्तोषीबिच गफगाफ हुन्छ । सिन्धुपाल्चोक चौतारा साँगा चोकगढी-१४ घर भएका सुरेश काठमाडौं-फर्पिङ चल्ने बसका कन्डक्टर हुन्। उनी काठमाडौं- २७ कमलाक्षी असन क्षेत्रमा डेरा गरी बस्थे। अनुसन्धानका क्रममा उनीहरूबीच पहिले चिनजान नभएको र असार ६ गते सन्ताेषिकाे हत्या भएकाे दिन नै भेट भएका थिए । गफगाफको समय साँझसम्मै चलेपछि सुरेशलाई सन्तोषीले आफूले जानेको कलाबारे जानकारी गराइन्।एक रात गेष्ट हाउसमा बसे पनि सन्तोषीसँग अर्को रात बस्नका लागि पैसा थिएन।

सुरेशले यही मौका छोपिहाले। उनले खानाको बन्दोबस्त आफैं मिलाउने र आफू सहचालक रहेको बसमै सुत्दा हुने भन्दै हिँडाएका थिए। ‘पैसा नभएको बताएपछि सुरेशले मेरो गाडी छ भन्दै दक्षिणकाली बसपार्कसम्म डोर्‍याए,’ पंगेनीले भने, ‘बसपार्कबाट नजिकै रहेको पिकनिक स्पटसम्म पुर्‍याए। त्यहाँभन्दा तल रहेको शौचालय पुर्‍याए।’ यति बेलासम्म त ७ बजिसकेको थियो।

झ्याप्प अँध्यारो भइसकेको थियो। उनीहरूबीच गफिँदै दक्षिणकाली झर्ने क्रममा जिस्किन थालेका थिए। सुरेशले उनीसँग शारीरिक सम्बन्धको प्रस्ताव राखेको बताएका छन्। ‘सुरूमा उनीहरू सहमतिले नै त्यो प्रयोगविहीन शौचालयसम्म पुगेको देखिन्छ । तर, शौचालय पुगेपछि उनीहरूबीच असहमति चुलिएको र जबर्जस्ती करणी गर्न खाेज्दा सन्ताेषीले प्रतिकार गरेपछि। सुरेशले हत्या गरेकाे खुल्न आएकाे छ । घटना स्थलमा सन्तोषीको भित्री वस्त्र (पेन्टी) खोलेर फालिएको थियो। सुरेशको पेन्टी पनि त्यहीँ भेटिएको थियो।

असहमति चुलिएर झगडा भएपछि सुरेशले सन्तोषीको घाँटी सलले कस्छन्। बेहोस् भएपछि ढुंगाले अनुहार क्षतविक्षत पार्छन्। ‘स्थानीयले सन्तोषी र आफूलाई चिन्ने र आफूसँगै हिँडेको देखेको भएर ढुंगाले अनुहार नचिनिने गरी प्रहार गरेको सुरेशले उनले बताएका छन् । गत ६ गते लामाे समयसम्म सुरेशसँग गफिए पछि सन्ताेषीले उनलाई विश्वास गर्दा उनिमाथी यस्ताे घटना घट्न पुगेकाे बुझिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको