
काठमाडौं, बिहिबार साँझ २२ वर्षिया युवती माथि एसिड आक्रमण गर्ने २ जनालाई प्रहरीले सार्वजनिक गरेकाे छ । दुई मध्य मुन्नाले एसिड आक्रमण गरेका थिए भने माेहाम्मदले याेजना बनायका थिए ।ओखलढुंगा घर भई काठमाडौं बस्ने २२ वर्षीय युवती पवित्रा कार्कीलाई हिजो राति पौने ८ बजे सीतापाइलामा एसिड प्रहारकाठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्ना मोहम्मदलाई सार्वजनिक गरेको हो ।उनीहरु हिजै राति ११ बजे डल्लुबाट पक्राउ परेका थिए । गरेको अभियोगमा पक्राउ परेका दुई जना प्रहरीले शुक्रबार सार्वजनिक गरेको हाे ।





