June 16, 2021, Wednesday
२०७८ असार २, बुधबार

१२ केजी गाँजासहित्त तीन जना पक्राउ

हेटौंडा, मकवानपुरमा १२ किलो तीन सय ग्राम लागुऔषध गाँजासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार प्रहरी चौकी चैनपुर मकवानपुरबाट प्रहरी सहायक निरीक्षक दिपकराज न्यौपानेको कमाण्डमा खटिएको प्रहरी गस्ती टोलीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मकवानपुर कैलास गाउँपालिका-७ का ४७ वर्षिय हिरा बहादुर मोक्तान, ऐ.ऐ. बस्ने २४ वर्षिय राम बहादुर मोक्तान र ऐ.ऐ. बस्ने २४ वर्षिय ठाकुर सुनार रहेका छन् ।

जिल्ला मकवानपुर काक्सिराङ गाउँपालिका-५ बोटबारी स्थित सडक खण्डमा शंकास्पद रुपमा झोला बोकी पैदल हिंडिरहेका उनीहरुलाई चेकजाँच गर्दा झोलामा बोकेको लागुऔषध गाँजासहित पक्राउ गरेको हो । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको