
बारामा नक्कली नाेट सहित ३ जना व्यक्ति पक्राउ परेका छन् साउन ४ गते निम्न स्थान बस्ने निम्न मानिसहरूले लागु औषध खरिद बिक्रि, संचय र ओसारपसार कार्य गर्दछन भन्ने विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण व्यूरो कोटेश्वर काठमाण्डौ र यस जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको संयुक्त टोलीले निजहरूलाई खोजतलाश गर्दै जाँदा जिल्ला बारा महागढीमाई नगरपालिका वडा नं.२ स्थित बरियारपुर चोकमा उनिहरूलाई नियन्त्रणमा लिईएकाे हाे ।
उनिहरुकाे शरीर तथा बोकि आएका झोला खानतलासी गर्ने क्रममा उनिहरूको साथबाट क्रमश: नक्कली जस्तो देखिने नेपाली नोट १०००/- दरको १४६५ थान, १००/- दरको ७४६ थान, नक्कली भारतीय नोट ५००/- दरको २८४ थान, ५०/- दरको ७०६ थान सहित पक्राउ गरी यस कार्यालयमा ल्याई थप अनुसन्धान भइरहेको । निम्न:- १ जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा नं. ६ बस्ने छठु प्रसाद कुशवाहाको छोरा वर्ष ३० को नरेन्द्र प्रसाद कुशवाहा हुन ।

२.ऐ.सिम्रौनगढ नगरपालिका वडा नं.५ बस्ने जोगिन्द्र साह तेलीको छोरा वर्ष २६ को मनोज कुमार साह तेली। ३. भारत बिहार मोतिहारी जिल्ला पुर्वी चम्पारण थाना झरौखर ग्राम कोरैया वडा नं. १० बस्ने रामविश्वाश प्रसाद कुशवाहाको छोरा वर्ष २५ को सुधिर कुमार कुशवाहा रहेका छन् ।





