March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

गैँडाको खाग तस्करीमा फरार रहेका एक प्रतिवादी पक्राउ

चितवन, चितवन राष्ट्रिय निकुञ्जले गैँडा तस्करी गरेको अभियोगमा सजाय पाएर फरार रहेका एक जनालाई पक्राउ गरेको छ । उनलाई यही जेठ ७ गते पक्राउ गरिएको हो भन्र प्रजालाई तनहुँको व्यास नगरपालिका–११ घाँसीकुवाको ठुलेचौर भन्ने ठाउँबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा चितवनको तत्कालीन सिद्धि गाविस–३ (हाल कालिका नगरपालिका) बस्ने बिन्द्रसिंह भन्ने सागर प्रजा रहेका छन् ।

उनले विसं २०६७ चैत २७ गते धोवाहा रतनी घाटमा भाले गैँडालाई गोली हानी खाग तस्करी गरेको अभियोगमा विशेष अदालतले १५ वर्ष कैद र रु एक लाख जरिवाना तोकेको थियो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार उनलाई गैँडा तस्करीसँगै चोरी शिकारीमा संलग्न तीन मुद्दामा दोषी ठहर भई फरार रहेको अवस्थामा पक्राउ गरिएको हो ।

चालु आर्थिक वर्षमा चार फरार प्रतिवादीलाई पक्राउ गरिएको उनले बताए । उनलाई अदालतले विसं २०७४ फागुन १५ गते सो फैसला सुनाएको थियो ।