
मोरङ, मोरङमा औषधि कालोबजारी गरेको आरोपमा प्रहरीले एक जना फार्मेसी सञ्चालकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार सिरहाको धनगढी नगरपालिका ७ स्थायी घर भएका २२ वर्षीय रविन्द्र महतोलाई आज पक्राउ गरिएको हो ।
पक्राउ परेका महतो मोरङको विराटनगर महानगरपालिका ३ मा पश्चिमवासी फार्मेसी सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी मानबहादुर राईले बताएका छन् ।
उनले सिरहाका बरियारपट्टी गाउँपालिका ३ बस्ने ४५ वर्षीय राम नारायण मुखियालाई बैशाख २५ र ३० गते औषधि बिक्री गर्दा २ वटा खाता बनाई एउटा वास्तविक मूल्य लेख्ने र अर्कोमा बढी मूल्य लेखी औषधि बिक्री गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।






