June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

निषेधाज्ञाको फाइदा उठाउँदै बढी भाडा असुल्ने तीन जना पक्राउ

काठमाडौं, कोरोना संक्रमण रोकथाम लागि जारी भएको निषेधाज्ञामा मौकाको फाइदा उठाउँदै  बढी भाडा असुल्ने तीन जना पक्राउ परेका छन् । यात्रुसँग बढी भाडा लिने तीन जनालाई प्रहरीले बिहिवार बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईका अनुसार पक्राउ पर्नेमा पोखरा माइक्रो र बुटवल भैरहवा काउण्टरका कर्मचारी रहेका छन् ।

काठमाण्डौं देखि पोखरासम्मको नियमित भाडा पाँच सय र बुटवलसम्म बाह्र सय तोकिएकोमा पाँच सय प्रतिशतसम्म बढी भाडा लिएको कसुरमा तीनजनालाई पक्राउ गरिएको उनले बताए । पोखरा जाने यात्रुसँग रु.३५०० र बुटवल जाने यात्रुबाट जनही रु.६००० का दरले भाडा लिन क्रममा पक्राउ गरिएको हो ।

उपत्यका छाडी आफ्नो घर फर्किन खोज्ने यात्रुहरुलाई ग१ख ९६२१ मार्फत पोखरा र बा४ख ५१९७ नम्बरको बस मार्फत बुटवल जाने यात्रुहरूबाट बढि भाडा असुलेको हो ।

पक्राउ पर्नेमा पोखरा माइक्रोमा काम गर्ने पोखरा-३३ घर भइ काठमाण्डौं बस्ने बर्ष ३२ को बन्दराज पराजुली र रतुवामाई ९-मोरङ्ग घर भई नेपालटार बस्ने बर्ष २९ को नबीन पौडेल साथै बुटवल भैरहवा काउण्टरमा काम गर्ने धादिङ थाक्रे-७ का बर्ष २९ का रंजित सिलवाल रहेको महाशाखाले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको