April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

तान्त्रिक प्रयाेजनकाे लागि महिलाको हत्या गरि अंङ्गहरु बेचबिखान गर्ने गिराेह पक्राउ


कपिलबस्तु,जिल्लामा तान्त्रिक प्रयोजनको लागि महिलाको हत्या गरी शरीरका अंगहरु बेचविखन गर्ने संगठीत गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । मानिसको हत्या गरी निजका हातका औंलाहरू ल्याएमा प्रति औला ८० लाख सम्म विक्री हुने भन्ने भ्रमपुर्ण हल्ला विश्वास गरि संगठीत गिरोहले रुपन्देहीको लुम्विनी साँस्कृतिक नगरपालिका वार्ड नं ५ मनहपुर आफ्नो माइती वस्दै आएकी सरजहाँ दर्जीको हत्या गरेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जानकारी दिएका छ ।

विगत १३ बर्ष माइतिघर वस्दै आएकी बर्ष ४२ की दर्जीलाई अब्दुल कलाम मुसलमान र बेलाल अहमद मुसलमानले फोन गरी बोलाएका थिए । मृतक दर्जी लाई चैत्र १२ गते ललाइ फकाइ कपिलवस्तु शुद्धोधन गाउपालिका ३ हर्दिहवामा बोलाई हत्या गरी दुवै हातका औलाहरु काटी लाश बोरामा राखी बेतिया नदीमा फालेका प्रहरी उपरिक्षक नवराज अधिकारीले बताए ।

मृतकका हातका औंलाहरू बिक्री वितरण गर्ने प्रयोजनको लागी बिभिन्न व्यक्तीहरुलाई दिई सकेको थियो । मृतकका हातका औंलाहरु बिभिन्न स्थानमा सप्लाई गर्ने तथा राख्ने ब्यक्तीहरुको संगठीत गिरोहलाई कपिलबस्तु प्रहरीले पक्राउ गरी सर्बजानिक गरेको छ ।

पक्राउ पर्नेमा कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं २ नन्दनगर बस्ने ३९ वर्षिय अव्दुल कलाम मुसलमामन, ४५ वर्षिय बेलाल अहमद मुसलमान कपिलवस्तु शुद्धोधन गाउपालिका वडा नं ५का ५५ बर्षिय रामहरव यादव, रुपन्देही सैनामैना नगरपालिका वार्ड नं १ बनकट्टा का बर्ष ६७को कर्ण बहादुर सुनार र नवलपरासी साविक तम्सरिया गाविस वार्ड नं २ हाल मध्यविन्दु नगरपालिका ७ का ६७ बर्षिय खेम बहादुर मल्ल रहेका छन् । उनीहरुमाथि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको