March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

बागलुङमा खुट्टा बाँधेर गाडिएको अवस्थामा शव फेला

file photo

बागलुङ, जिल्लाको ढोरपाटन नगरपालिका–२ खल्टुबोटमा गाडिएको अवस्थामा शव फेला परेको छ । बुधबार दिउँसो खल्टुबोटस्थित जस्ती खोल्सामा अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।

इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रहरी निरीक्षक जयराम वन्तका अनुसार खोल्साको छेउमा खुट्टा बाँधेर ढुङ्गाले छोपेर जमिनमुनि गाडिएको अवस्थामा शव फेला परेको थियो ।

हालसम्म शवको पहिचान भएको छैन भने उक्त शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको छ । शव गलेको अवस्थामा फेला परेको छ । कसैले हत्या गरेर गाडेको हुनसक्ने स्थानीयवासी आशंका गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको