May 8, 2021, Saturday
२०७८ बैशाख २५, शनिबार

सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर इटहरीमा एक जनाको हत्या

  • 6
    Shares

इटहरी, सुनसरी इटहरी उपमहानगरपालिका–२ मा एक जनाको हत्या भएको छ । सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसार सोमबार स्थानीयवासी केशव कार्कीको हत्या भएको हो ।

कार्कीलाई सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर हत्या गरिएको सुनसरी प्रहरीले जनाएको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ रेग्मीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

छिमेकीको हत्या गरी भागिरहेको अवस्थामा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । पुरानो रिसइबी साँध्नका लागि रेग्मीले कार्कीको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी स्रोतले जनाएको छ । सो घटनाका बारेमा थप अनुसन्धान भइरहको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको