June 12, 2021, Saturday
२०७८ जेष्ठ २९, शनिबार

भागरथीको स्वाबसँग दिनेशको डीएनए “म्याच”

काठमाडौं, बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टको डीएनए ‘म्याच’ भएको छ । भागरथीको शरीरबाट निकालीएको स्वाबसँग दिनेशको डीएनए मिलेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी उत्तमराज सुवेदीका अनुसार दिनेशको डीएनए प्रयोगशालाबाट म्याच भएको बताएका छन् ।

यसअघि बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीस्थित सनातन माध्यमिक विद्यालयमा अध्ययनरत् भागरथी गएको माघ २२ गते मृत अवस्थामा फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको थियो । हत्यामा संलग्न आरोपमा भागरथीकै आफन्त दिनेश भट्टलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको