June 13, 2021, Sunday
२०७८ जेष्ठ ३०, आईतवार

बैंकिङ कसुरको मुद्दा मिलाई दिने भन्दै ७० हजार ठगी गर्ने एक पक्राउ

काठमाडौं, मुद्दा मिलाइदिने भन्दै ७० हजार ठगीको अभियोगमा काठमाडौँको थापाथलीबाट प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बैंकिङ कसुरको मुद्दा मिलाई दिने भन्दै नवराज देवकोटाको जाहेरीमा गोरखा मिरकोट ३ घर भई हाल काठमाडौँको कीर्तिपुर मच्छेगाउँ बस्ने ३२ वर्षीय नविन लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश कुमार बस्नेतला अनुसार उनले प्रवीण श्रेष्ठको परिवारसँग नगद ७० हजार रुपैयाँ ठगी गरेको कसुरमा काठमाडौँको थापाथलीबाट नियन्त्रणमा लिई महानगरीय प्रहरी वृत्त कालिमाटीमा राखि अनुसन्धान भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको