
२३ केजी अबैध लागू औषध गाँजा सहित १ व्यक्ति पक्राउ परेका छन् । पटेर्वासुगौली गाँउपालिका वडा नं.१ सोनबर्षा स्थित सदै मियाँको घरमा लुकाई छिपाई राखेको अवैध लागु औषध गाँजा २३ किलो सहित जिल्ला पर्सा पटेर्वासुगौली गाउँ पालिका वडा नं.१ बस्ने २८ वर्षकोको किसुन मण्डललाई सदै मियाँको घरबाट साेमबार नियन्त्रणमा लिएकाे प्रहरीफे जनाएको छ ।
उक्त घटनाबारे आवश्यक अनुसन्धान कार्य भईरहेको पनि पर्सा प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्साले विशेष सुचनाको आधारमा २२ गते सोमबार विहान नियन्त्रणमा लिएकाे हाे ।





