महिलालाई जिउँदै पुरेर फरार रहेका एक्स्काभेटर चालक कञ्चनपुरबाट पक्राउ

काठमाडौं, धादिङमा एक्स्काभेटरको ठक्करबाट घाइते भएकी एक महिलालाई जिउँदै पुर्ने चालक भीमबहादुर बुढाथोकी शुक्रबार पक्राउ परेका छन् ।
सडक निर्माणका क्रममा एक्स्काभेटरको ठक्करपछि घाइते भएकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई जिउँदै पुर्ने चालक नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले कञ्चनपुरबाट पक्राउ गरेको हो ।
सीआईबीका अनुसार अब केही बेरमा पत्रकार सम्मेलन गरी उनलाई सार्वजनिक गर्न लागिएको छ । धादिङको त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा एक्स्काभेटरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो । ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् ।
एक्स्काभेटर चालक बुढाथोकीले भने उद्धार गर्नुको साटो कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए ।
प्रतिकृया दिनुहोस्