April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

सर्लाहीमा २ किलो गाँजासहित एक जना पक्राउ

file photo

सर्लाही, सर्लाहीमा प्रहरीले गरेको चेकजाँचका क्रममा बसमा सवार एक युवक लागुऔषध गाँजासहित पक्राउ परेका छन् ।

सिन्धुलीको बरुणबाट लालबन्दीतर्फ आउँदै गरेको यात्रुबाहक बसलाई लालबन्दी नगरपालिका-७ मा चेकजाँच गर्दा बसमा सवार १९ वर्षीय सुवास मोक्तान २ किलो २०० ग्राम गाँजासहित पक्राउ परेका हुन् ।

लालबन्दी नगरपालिका १४ डाइनी खोला घर बताउने मोक्तानले झोलामा गाँजा राखेका थिए । उनलाई नियन्त्रणमा लिई अन्य अनुसन्धान सुरु गरिएको सर्लाही प्रहरीका प्रवक्ता मदन कुँवरले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको