कञ्चनपुरमा २४ हजार घुससहित मालपोत अधिकृत रंगेहात पक्राउ

काठमाडौं, भूमिसुधार तथा मालपोत कार्यालय, कञ्चनपुरका एक कर्मचारी २४ हजार घुससहित रंगेहात पक्राउ परेका छन् ।
आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई २४ हजार नगद घुससहित पक्राउ गरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरका सूचना अधिकारी हरिशचन्द्र जोशीका अनुसार मालपोत कार्यालय नजिककैको एक होटलमा सेवाग्राहीबाट लिएको २४ हजार घुस रकमसहित उनलाई नियन्त्रणमा लिइएको हो ।
अंशबण्डा र जग्गाको हाल साविक गर्नमा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीबाट घुस लिँदै गर्दा मालपोत अधिकृत जोशी अख्तियारको फन्दामा परेका हुन् । उनलाई नियन्त्रणमा लिएर यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
प्रतिकृया दिनुहोस्