
बारा ,बाराको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्वर २३ बस्ने १४ वर्षिय साहिद हुसेनको हत्यामा सग्लगन रहेका ३ जना अभियुक्त पक्राउ परेका छन् । सोहि वडाका २० वर्षिय कियामुदिन मसुरी, अमर मिया हैन हजाम र आबेदिन मिया आवेदिन मिया अंसारी रहेको प्रहरी उपरिक्षक दिपेन्द्र शाहीले जानकारी गराएका छन् ।
हत्यामा प्रयोग गरिएको खुकुरी समेत फेला परेको उनले बताए । मृतक फागुन ११ गते देखि हराएको र निजका अभिभावकले फागुन १३ गते खोजतलाश गरि पाउ भनि प्रहरी कार्यलयमा निवेदन दिएको प्रह्रीले जानकारी गराएको छ ।
निजको हुलिया सहितको फोटो देश भरिको प्रहरी चौकीमा परिपत्र गरेको शाहीले पत्रकार सम्मेलनमा जानकारी गराएका छन् । प्रहरी नायव उपरिक्षक गौतम श्रिको नेतृत्वमा अनुसन्धान टोली खटाई मेनुअल र प्राविधिक रुपमा अनुसन्धान गरिएको थियो ।
तालिम प्राप्त कुकुर समेत प्रयोग गरिएको थियो । अनुसन्धानको क्रममा करिव ५० जना भन्दा बढि जनासँग सोधपुछ समेत गरिएको थियो । हत्या पारिवारिक झै झगडा, जग्गा जमिन, रिसईवी, आपसी विवाद, प्रेम सम्बन्ध रहेको अनुसन्धानबा खुलेको प्रहरी उपरिक्षक शाहीले जानकारी गराएका छन् ।






