August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

भैरहवामा पेस्तोलसहित तीन जना पक्राउ

भैरहवा, रुपन्देहीको मर्चवार क्षेत्रबाट कटुवा पेस्तोलसहित आइतबार तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार पक्राउ पर्नेमा रुपन्देही सम्मरीमाई गाउँपालिका ७ बेतकुईयाका २४ वर्षीय सुरज हरिज, सोही वडाका २३ वर्षीय तौलन हरिजन र २६ वर्षीय सकिल मुसलमान रहेको छ ।

प्रहरी चौकी पाण्डे पिपरहवाका असई कमलप्रसाद आचार्यको कमाण्डमा ३ जना र सशस्त्र बीओपी पुर्नीकोटबाट खटिएको २ जना सशस्त्र प्रहरी जवानको संयुक्त टोलीले उनीहरुलाई मर्चवारी गापा ७ कन्चनापुरबाट कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

उनीहरुलाई तीनैजना यूपी ५५ एन ४९४८ भारतीय नम्बरको मोटरसाइकलमा सवार रहेका बेला खानतलासी गर्दा उनीहरुको साथबाट एक थान कटुवा पेस्तोल बरामद भएको रुपन्देही प्रहरीका प्रवक्ता एवं डिएसपी सत्य नारायण थापाले जानकारी दिएका छन् । पक्राउ परेकालाई हिरासतमा राखेर सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको