August 5, 2021, Thursday
२०७८ श्रावण २१, बिहीबार

प्रेमीसँगको भेट लुकाउन जब बालिकाले भनिन् सामुहिक रुपमा बलात्कृत भए !

सांकेतिक तस्वीर

कञ्चनपुर, कञ्चनपुरको दक्षिणी क्षेत्र अन्तरगत पुनर्वास नगरपालिका- २ मोतिबस्तीमा शुक्रबार अज्ञात समूहद्वारा एक बालिकालाई अपहरण गरी सामुहिक बलात्कार गरेको भन्ने खबर बाहिरियो । तर सो खबर झुटो सावित भएको कञ्चनपुर प्रहरीले आइतबार जनाएको छ ।

१४ वर्षीया बालिकाले शुक्रबार साँझ कलम किन्न भनेर नजिकैको पसलमा जाने क्रममा अज्ञात समूहबाट आफू अपहरणमा परेको भनी प्रहरी समक्ष दिएको बयान बदलेकी छिन् ।

सुक्ष्म अनुसन्धानका क्रममा इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिंह बिष्टका अनुसार ती बालिकाले प्रहरी र परिवारलाई दिएको बयान शनिबार फेरेकी हुन् ।

घटना केरकारका क्रममा उनले आफू कलम किन्ने निहुँमा साँझ घरबाट निस्केर प्रेमीसँग भेट्न गएको बताएकी छिन् । घर फर्किंदा अबेर भएको हुँदा घरमा आमाको डरले झुटो बोलेको बयान दिएकी छिन ।

उनले घर नजिकै सडक छेउको नालीमा बसेर प्रेमीसँग कुराकानी मात्रै गरेको बताएकी छिन् । स्वास्थ्य परीक्षण रिपोर्टपश्चात थप विवरण खुल्ने प्रहरीले जनाएको छ । झुटको कहानी लामो भएको बताउँदै प्रहरी निरीक्षक बिष्टले बालिका यसअघि पनि उक्त प्रेमीसँग लुकीछिपी भेट्ने गरेको अनुसन्धानका क्रममा खुलेको बताए ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले भने, ‘बालिकाले प्रहरी र घरपरिवारलाई झुक्याएकी रहिछन् । बालिकाका प्रेमीमाथि पनि थप अनुसन्धान भइरहेको छ ।’ हाल अनुसन्धानका लागि १६ वार्षिय प्रेमी भने प्रहरीको नियन्त्रणमा छन् ।

शीर्ष समाचार

धेरै पढिएको