July 25, 2021, Sunday
२०७८ श्रावण १०, आईतवार

बारा हत्या प्रकरण: प्रमाणसहित हत्यामा संलग्न एक जना पक्राउ

बारा, बाराको निजगढ नगरपालिका-९ बुद्वचोक निवासी १७ वर्षीय किशोरको हत्या गर्नेलाई प्रहरीले रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको छ । रोहित शर्माको सोमबार राति आफ्नै घरमा धारिलो हतियार प्रहार गरि हत्या भएको थियो ।

सो घटनामा संलग्न रहेका रौतहटको चन्द्रपुर नगरपालिका-४ मा पान पसल गरेर बस्ने मक्करे नामक ३० वर्षका अरुण कुमार साहलाई मङ्गलबार प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यलय बाराका प्रवक्ता डिएसपी गौतम मिश्र सहितको टोलीले साहको पसलबाट हत्यामा प्रयोग भएको चक्कु, रगतले ओतपोत भएको कपडा र मोटरसाइकलसहित साहलाई पक्राउ गरेको हो ।

रोहितको हत्या गरेर उनको घरबाट साह मङ्गलबार बिहान साढे चार बजेको समयमा मोटरसाइकलमा निस्केको सीसीटिभी फुटेजमा देखिएपछि निजगढ प्रहरी आज चन्द्रनिगाहपुर पुगेका थिए ।

हत्यामा संलग्न साहलाई उनकै पान पसलबाट पक्राउ गरिएको र उनले हत्या आफैले गरेको स्वीकार गरेको ईलाका प्रहरी कार्यलय निजगढका प्रमुख ईन्स्पेक्टर विकास थपलियाले जानकारी दिएका छन् । हाल हत्याको कारणबारे अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।

शीर्ष समाचार

धेरै पढिएको