March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

बारामा धारिलो हतियार प्रहार गरि घरभित्रै एक जनाको हत्या

बारा, धारिलो हतियार प्रहार गरि बारामा एक जनाको हत्या गरिएको छ । बाराको निजगढ नगरपालिका–९ बुद्धचोकमा मंगलबार बिहान १९ वर्षीय रोहित शर्माको घरभित्रै धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो ।

हाल प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ भने अनुसन्धानका लागि विशेष तालिमप्राप्त कुकुर झिकाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

घटनास्थलबाट डिएसपी गौतम मिश्रका अनुसार रौतहट चन्द्रनिगाहपुर घर भएका रोहित निजगढ नगरपालिकामा पनि रहेको आफ्नै घरमा बस्दै आएका थिए उनी रोहित पेन्टरको काम गर्दथे । दुई तले घरको तल्लो तलामा खाजा पसल छ । माथिल्लो तलामा उनी एक्लै बस्दै आएका थिए ।

शीर्ष समाचार

धेरै पढिएको