April 21, 2021, Wednesday
२०७८ बैशाख ९, बिहीबार

गोङ्गबु हत्याकाण्ड: कल्पनालाई आजीवन कारावास, मृतकका परिवारलाई ५५ हजार राहत 

  • 66
    Shares

काठमाडौं, जिल्ला अदालत काठमाडौंले गोङ्गबु हत्याकाण्डकी मास्टरमाइण्ड कल्पना मुडभरी पौडेललाई आजीवन कारावासको सजाय सुनाइएको छ ।

अभियुक्त कल्पनालाई अपराधी ठहर गर्दै अदालतले बुधबार आजीवन कारावासको फैसला सुनाएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजेन्द्र अधिकारीको इजलासले कल्पनालाई जीवनभर कारावासको सजाय सुनाएको छ भने उनकी छोरीलाई सफाइ दिने फैसला गरेको छ ।

यस्तै मृतक कृष्णबहादुर बोहराको परिवारलाई राज्यकोषबाट ५५ हजार रुपैयाँ राहत उपलब्ध गराउने आदेश दिइएको छ ।

यसअघि गत साउन २५ गते गोङ्गबुमा कृष्ण बहादुर बोहराको शरीर र टाउको छुट्टिएको अवस्थामा शव भेटिएको थियो । उनको घाँटी रेटी हत्या गरेर सुटकेशमा हाली खोलामा फालिएको अवस्थामा शव भेटिएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको