February 28, 2021, Sunday
२०७७ फाल्गुन १७, सोमबार

कञ्चनपुरमा आफ्नै पतिको हत्या गर्ने महिला पक्राउ 

  • 1
    Share

कञ्चनपुर, कञ्चनपुरको बेलौरी नगरपालिका-६ भुरकोटकी एक महिलाले पतिको हत्या गरेकी छन् । आज बिहान स्थानीय २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय पति ओमकुमार चौधरीको हत्या गरेकी हुन् ।

खेत खन्ने चपरा (फरुवा) प्रहार गरी उनले पतिको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घरायसी विवादमा वसन्तीले फरुवा प्रहार गरेको भन्ने बुझिएको जानकारी दिएका छन् ।

‘बिहान ५ बजे घटनाबारे जानकारी पाएपछि प्रहरीको टोली पुगेको छ’, उनले भने, ‘पतिको हत्या गर्ने वसन्तीलाई नियन्त्रणमा लिइएको छ । टाउकोमा चोट लागेको अवस्थामा शव घरभित्रै फेला परेको छ ।’

शीर्ष समाचार

धेरै पढिएको