March 5, 2021, Friday
२०७७ फाल्गुन २१, शुक्रबार

डडेल्धुरामा कक्षा २ मा अध्ययनरत बालिका बलात्कृत, ४७ वर्षीय शिक्षक पक्राउ

  • 3
    Shares

डडेल्धुरा, डडेल्धुरामा बालिका बलात्कार गरेको आरोपमा एक जना शिक्षक पक्राउ परेका छन् ।

गन्यापधुरा गाउँपालिका– ४ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

कक्षा २ मा पढ्ने १० वर्षीय बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा विद्यालयले प्रहरीसमक्ष उजुरी दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको जानकारी दिएका छन् । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको