August 1, 2021, Sunday
२०७८ श्रावण १७, आईतवार

भागरथी हत्याका आरोपित दिनेश भट्टलाई प्रहरीले गरे सार्वजनिक

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्‍कारपछि हत्या आरोपमा प्रहरीले मंगलबार पक्राउ परेका युवकलाई आज सार्वजनिक गरेको छ ।

बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय बैतडीमा पत्रकार सम्मेलन गर्दै दिनेश भट्टलाई सार्वजनिक गरिएको हो । आरोपित दिनेश भट्ट भागरथी भट्ट अध्ययन गर्दै आएको खोचलेकस्थित सनातन धर्म उच्च माविकै विद्यार्थी हुन् भने उनिहरुबिच दिदि भाईको नातासमेत रहेको छ ।

उनी कक्षा ११ मा अध्ययन गर्दै आएका थिए । दिनेश भट्टले प्रहरी सामुको बयानमा प्रतिशोध लिन बलात्कार गरेको र अपराध खुल्ने डरले हत्या गरेको बयान दिएका छन् ।

२१ माघमा बैतडी दोगडाकेदार गाउँपालिका ७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । उनको शव २२ माघमा फेला परेको थियो । बलात्कारपछि भागरथीको घाँटी थिची हत्या गरिएको अनुसन्धानबाट पुष्टि भएको थियो ।

शीर्ष समाचार

धेरै पढिएको