April 18, 2021, Sunday
२०७८ बैशाख ५, आईतवार

“सुरुमा मैले उनको किताब फालेँ, पछाडिबाट धक्का दिँदा बेहोस भइन् अनि घाँटी थिचेर मारेँ”

  • 15
    Shares

बैतडी, बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्टले प्रहरीलाई बयान दिएका छन् ।

प्रहरी अनुसन्धानका क्रममा सो घटना भएको दिन दिनेश विद्यालयबाट डेढघण्टा पहिल्यै निस्किएर बाटोमा भागरथीलाई कुरेर बसेको खुलेको छ ।

भागरथी कक्षा १२ मा पढ्थिन् भने दिनेश कक्षा ११ मा । उनीहरुबीच दिदीभाइको नातासमेत पर्छ । दिनेशको विद्यालय छुट्टी समय ३ बजेर १५ मिनेटमा हुन्थ्यो भने भागरथीको २ बजेर ३० मिनेटमा हुने गर्थ्यो । तर त्यस दिन भने (माघ २१ गते) दिनेश २ कक्षा छाडेर हत्या गर्नकै लागि बाटोमा कुरेर बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

सुरुमा दिनेशले आफू स्कुल बिदा भएपछि मात्रै घर गएको बताए पनि पछि भने छिटो निस्किएको स्वीकार गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

स्थानीय सनातन धर्म माध्यमिक विद्यालयको कक्षा–१२ मा अध्ययनरत् भागरथी माघ २१ गते साँझसम्म विद्यालयबाट घर नफर्केपछि खोजी सुरू भएको थियो । तर उनी माघ २२ गते बिहान कच्ची सडकभन्दा ५० मिटर भित्री क्षेत्रमा मृत अवस्थामा फेला परेकी थिइन् ।

मेडिकल रिपोर्टमा भने उनको बलात्कारपछि हत्या भएको प्रहरीले यसअघि नै पुष्टि गरेको छ ।
तर हत्या स्वीकार गरेका दिनेशले आफूले बलात्कार नगरेको बयान दिएको स्रोत बताउँछ ।  घटना २१ गते दिउँसो २ः४० देखि २ बजेर ४७ मिनेटको बीचमा भएको बताइएको छ । 

अनुसन्धानकै क्रममा प्रहरीले दिनेशलाई पक्राउ गरेको हो । उनलाई अभियुक्तको रुपमा सार्वजनिक गर्ने प्रहरी तयारी छ । 

पक्राउपछि दिनेशको भनाइलाई उद्धृत गर्दै प्रहरी स्रोतले भन्यो,“म बाटोमा पहिल्यै बसेको थिएँ । भागरथी दिदी चाउचाउ खाँदै आउँदै थिइन् । सुरुमा मैले उनको किताब फालेँ । त्यसपछि उनलाई पनि पछाडिबाट धक्का दिएँ । उनी लडेर बेहोस भइन् अनि घाँटी थिचेर मारेँ ।”

उनले आफूले फुपुको बदला लिन हत्या गरेको बताएको प्रहरी स्रोत बताउँछ । आफूले पहिल्यै मार्न चाहेको भए पनि नमिलेको उनले प्रहरीसमक्ष बयान दिएका छन् ।

भागरथीलाई लडाएर बेहोस बनाएपछि बलात्कार गर्न खोजेको भने बयानमा स्वीकार गरेको प्रहरी स्रोतले जानकारी दियो । बलात्कारको प्रयास गरेको तर नगरेको बयान दिएको प्रहरीले स्रोतले जानकारी दियो । हत्यापछि आफैँले भागरथीको मोबाइलको ब्याट्री झिकेर फालेको दिनेशले बताएका छन् । त्यसपछि उनी नियमितरुपमा विद्यालय समेत गइरहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको