
पर्सा, बिरगंजमा गाडीको ब्याट्री चोरी तथा खरिद गर्ने दुई जनालाई प्रहरीले ब्याट्रिसहित पक्राउ गरेको छ ।
पर्सा जिल्लाको बिरगंज महानगरपालिका वडा न.१५ प्रतिमा चोकस्थित ४० फिट रोडमा गएराती ११:३० बजे ना२ ह ५९०७ नम्बरको अटोरिक्सामा लोडगरि लैजादै गरेको अवस्थामा ब्याट्रीसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिई उनीहरुलाई सोधपुछ गर्दा प्रतिमा चोकस्थित ना३ ख ९३५७ नम्बरको ट्रकबाट भेडियारी बस्ने लालबाबु सिंह इको ब्याट्री चोरी गरिएको र उक्त चोरीको ब्याट्री खरिद गर्ने बिरगंज -८ पानीटन्कीस्थित बस्ने ४१ वर्षिया मनिष कुमार चौरसियालाई बिक्रि गरेको भन्ने बिशेष सुचनाको आधारमा खोज तलासी गर्दा १२ व्को व्याट्रि २४ थानसहित निजलाई पक्राउ गरेको हो ।

हाल उनीहरुलाई जिल्ला प्रहरी कार्यालय पर्सा ल्याई थप अनुसन्धान कार्य भैरहेको पर्सा प्रहरी नायब उपरीक्षक मनोजित कुवरले जानकारी दिएका छन् ।






