गुल्मीमा १३ वर्षिया बालिकालाई फकाएर बलात्कार गर्ने एक पक्राउ

गुल्मी, गुल्मीमा बालिका बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । गुल्मी जिल्लाको मालिका गाउँपालिका –४ अर्खबाङ्गका २९ बर्षिया जगत बहादुर राना पक्राउ परेका हुन् ।
उनले मदाने गाउँपालिका –४ म्यालपोखरीकी १३ बर्षिय बालिकालाई यहीँ माघ २६ गते बलात्कार गरेका थिए । तर उजुरी भने जिल्ला प्रहरी कार्यालय, गुल्मीमा शुक्रबार मात्रै दर्ता भएको थियो ।
सोही उजुरीका आधारमा अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिएका छन् ।
राना म्यालपोखरीकै विद्यालय बनाउनको लागि मजदुरको रुपमा कार्यरत थिए । सोही क्रममा बालिकालाई फकाएर बलात्कार गरेको प्रहरीले जनाएको छ । सो घटनामाथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्