February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

स्रोत नखुलेको ४९ लाख सहित २ जना भारतीय पक्राउ

  • 41
    Shares

बारा, बारा प्रहरीले स्रोत नखुलेको रकमसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत घर भएका २६ वर्षीय अरबिन्द महतोसहित २ जना रहेको प्रहरीले जनाएको छ ।

उनीहरुलाई फेटा गाउँपालिका–५ जोतपुरबाट शनिबार दिउँसो पक्राउ गरिएको हो । उनीहरुको साथबाट स्रोत नखुलेको नगद ४९ लाख रुपैयाँ बरामद भएको जिल्ला प्रहरी कार्यालय बारा प्रमुख
प्रहरी उपरीक्षक दिपेन्द्र शाहीले बताएका छन् ।

अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बिआर ०५ वाई ६४१७ नम्बरको मोटरसाइकल जाँच गर्दा उक्त रकम फेला पारी चालक महतोलाई मोटरसाइकल सहित नियन्त्रणमा लिएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको