February 26, 2021, Friday
२०७७ फाल्गुन १४, शुक्रबार

महोत्तरीमा एकैपटक दुई बालिकामाथि करणी गरेको आरोपमा एक जना पक्राउ

  • 18
    Shares
सांकेतिक तस्वीर

महोत्तरी, महोत्तरीको एकडारा गाउँपालिका–४ चकवा गाउँमा एकैसाथ दुई बालिकामाथि जबर्जस्ती करणी उद्योग गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा एकडारा–४ बस्ने ४७ वर्षीय पुरन राउत रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश बिष्टले सञ्चारमाध्यमलाई बताएका छन् ।

पक्राउ परेका राउतले स्थानीय ११ वर्षीया र नौ वर्षीया गरी दुई बालिकालाई शनिबार साँझ साढे ५ः०० बजेतिर गाउँभन्दा १०० मिटर दक्षिणमा रहेको खेसारी (दालबाली) को खेतमा जबर्जस्ती करणी उद्योग गरेको आरोप लगाइएको छ । 

बालिकाहरु त्यहाँबाट भागी घर आएर आ–आफ्ना आमालाई रुँदै कराउँदै सबै कुरा बताएपछि दुवैका आमाले आरोपितको घरमा गएर गाली बेइज्जती गर्दा कोही घरबाट ननिस्केको र पछि स्थानीयवासीले जिल्ला प्रहरी कार्यालयमा टेलिफोन गरी घटनाबारे जानकारी गराएपछि प्रहरीले आरोपित पुरनलाई गए राति १०ः०० बजे पक्राउ गरिएको थियो ।
 

शीर्ष समाचार

धेरै पढिएको